

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सन्चालन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन् ।
सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै उनले समयमै निर्माण कार्य नसकिदा जनताले अनेक खाले समस्या झेल्नुपरेको उल्लेख गरे । ‘आयोजनाहरु जनताको मनोविज्ञान बुझेर सञ्चालन गर्नुपर्छ, जसले गर्दा जनताले लाभ लिन सकुन्’ उनले भने ।
आयोजनाको योजना बन्दा जनतालाई हुने लाभ हेरिनुपर्नेमा जोड दिए । मन्त्री चौधरीले सबै पक्ष जिम्मेवार भएर आयोजना सम्पन्न गर्न एक जुट हुनुुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरन्द्रमोहन श्रेष्ठ, काठमाडौँ विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल लगायतको उपस्थिति थियो ।