Nepal Purbadhar

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022
नेपाली कांग्रेसको ऊर्जा नीति र चुनावी घोषणापत्रमा समेट्नु पर्ने मुद्दा ८ वर्षभित्र ३३ लाख घरधुरीमा विद्युतीय चुल्हो पुर्याउने कार्ययोजना निर्माण सुदूरपश्चिम प्रदेश राजधानी घोषणाका ४ वर्षमा पनि पूर्वाधारका काम अघि बढन सकेनन् अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै, २०२२ मा अहिलेसम्म ७ हजार २१३ विदेशी पर्यटक आए बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले

एकै दिन २ सय २७ जना सवारी चालक कारवाहीमा


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाइरहेको विशेष सुरक्षा चेकिङमा बुधबार एकै दिन २ सय २७ जना चालकहरू कारवाहीमा परेका छन् ।

१ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका हुन् ।

तीमध्ये मापसे गरी सवारी चलाउने ४ जना रहेका छन् । मापसे गरी सवारी चलाउनेमा बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक, बा १९ च ८५४८ नम्बरको पानी बोक्ने सवारी साधनका चालक १ जना, बा २ क ३२७९ नम्बरको वालकुमारी स्थित कान्जिरोवा स्कुलका बस चालक १ जना र बा ९ च ९४६२ नम्बरको सवारी साधनका चालक १ एक जना रहेका छन् ।

यस्तै अवस्था ठिक नभएका सवारी चलाउने ५२ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउने ११ जना र अन्य कसुरमा १ सय ६० जना चालकहरू पनि कारवाहीमा परेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

२० वर्ष पुरानो माइक्रो बस नियन्त्रणमा

काठमाडौं सिंहदरबारस्थित सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले कारवाहीको लागि यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको हो ।

सोमवार बा १ ज ५७७० नम्बरको माइक्रो बस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकिङको क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएको थियो । उक्त माइक्रो बसलाई आवश्यक कारवाहीका लागि ललितपुर स्थित यातायात व्यवस्था कार्यालय पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सवारी साधन उत्पादन भएको वर्ष र शुरु दर्ता मिति पनि खुलेका सवारी साधनको हकमा उत्पादन वर्षले २० बर्ष, उत्पादन वर्ष नखुलेको तर शुरु दर्ता मिति मात्र खुलेको सवारीको हकमा शुरु दर्ता मितिले २० बर्ष पुगे नपुगेको गणना हुन्छ ।

यस्तै, शुरु दर्ता भइनसकेका भन्सार कार्यालय र राजश्व अनुसन्धान विभाग जस्ता निकायले लिलाम गरेका सवारीको हकमा भने उत्पादन वर्षले डिसेम्बर महिनाको आधारमा २० बर्ष पुगे नपुगेको एकिन गरी इन्धनबाट चल्ने यात्रु तथा मालबाहक सवारी साधन २० वर्षभन्दा बढी चलाउन नपाईने यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ मा प्राबधान रहेको छ ।


Read Previous

नेपाल र बंगलादेशबीच ऊर्जा सह–सचिवस्तरीय बैठक सुरु

Read Next

‘भोट तान्नेभन्दा सम्मृद्धि ल्याउने ठूला परियोजना छनोट र विकास गर्नुपर्छ’

Leave a Reply

Your email address will not be published.