Nepal Purbadhar

बिहिबार, अशोज १३, २०७९
Thursday, September 29, 2022

बिहिबार, अशोज १३, २०७९
Thursday, September 29, 2022
नेपाली कांग्रेसको ऊर्जा नीति र चुनावी घोषणापत्रमा समेट्नु पर्ने मुद्दा ८ वर्षभित्र ३३ लाख घरधुरीमा विद्युतीय चुल्हो पुर्याउने कार्ययोजना निर्माण सुदूरपश्चिम प्रदेश राजधानी घोषणाका ४ वर्षमा पनि पूर्वाधारका काम अघि बढन सकेनन् अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै, २०२२ मा अहिलेसम्म ७ हजार २१३ विदेशी पर्यटक आए बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले

बागतमतीले थप्यो सवारी चालक अनुमतीपत्रको दैनिक कोटा,अनलाइन आवेदन दिन सकिने


काठमाडौं । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले विहीबार सुचना जारी गरी बायोमेट्रिक्सको लागि तोकिएको दिनको कोटा वृद्धि गरेको छ । भोली (शुक्रबार) दिउसो ४ः ३० बजेदेखि लागू हुने गरी बायोमेट्रिक्सको लागि कोटा वृद्धि गरेको छ । असार २८ गते तोकिएको कोटामा १ हजार २१५ जना थप गरी भोलीदेखि लागू हुने गरी ३ हजार ६७५ पु¥याइएको छ ।

सुचनामा उल्लेख भए अनुसार सबभन्दा बढी आवेदन जगातीस्थित कार्यालयबाट दिन सकिन्छ भने सब भन्दा कम आवेदन एकान्तकुनास्थित कार्यालयबाट दिन सकिन्छ । एकान्तकुनामा सवारी लाइसेन्स नविकरणको प्रक्रियमा आएका गुनासोहरु फस्र्यौट गर्नुपर्ने, पुरानो अभिलेख रुजु गर्नेको संख्या अत्यधिक हुने भएकोले तत्कालको लागि न्युनतम कोटा तोकिएको मन्त्रालयले जनाएको छ ।

विचौलियाहरुले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४ः३० बजेको समय नै तोकर कोटा थपिएको हो । यसअघि पालो कुरेर बसेका वा अनलाइन एप्लाई गर्न नसकेका १८ हजार २२५ जनाले १५ दिनभित्रै पालो पाउने गरी भोली नै आवेदन दिन सक्नेछन् ।

बागमती प्रदेश सरकारले यातायात सेवा कार्यालयको सुधार सम्बन्धी विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । यसअघि मन्त्रालय मातहतको कार्यालयबाट सम्पादन भइरहेको सवारी चालक अनुमती सम्बन्धी वर्ग थप र नयाँ आवेदनको लागि सेवाग्राहीहरुको अत्यधिक चापलाई व्यवस्थापन गर्न प्रदेश सरकारबाट अतिरिक्त समयमा कार्यालय सञ्चालनको शुरुवात भइसकेको छ ।

मुख्यमन्त्रीकाे प्रमुख स्वकीय सचिव इ.उमेश रूपाखेतीले यातायात कार्यालयहरूबाट प्रवाह भइरहेकाे सेवा सुधारलाइ निरन्तरता दिने र अनुगमन कार्यलाइ थप व्यवस्थित बनाउन प्रयत्न गरिररहेकाे जानकारी दिए ।

सेवाग्राहीहरुले https://applydl.dotm.gov.np/मा गएर तोकिए बमोजिमको विवरण प्रविष्ट गरी चाहे बमोजिमको मितिको लागि आवदेन दिन सक्ने र अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिको लागि आवदेन दिन सक्ने व्यहोरा सुचनामा उल्लेख छ ।

सेवा प्रवाहको सुधार सम्बन्धमा रचनात्मक सुझाव र सहयोगको लागि सम्बन्धित सबैमा अपिल गरेको छ । यसको साथै आम सेवाग्राहीहरुलाई नागरिकता नं., ड्राइभिङ लाइसेन्स नंं, नाम, मोबाइल नं. र बर्ग जस्ता विवरणहरु त्रुटीरहित हुने गरी प्रविष्ट गर्न अनुरोध गरेको छ । आवेदकबाट प्राप्त शुरु विवरणहरु संसोधन गर्न रोक लगाउने तयारी गरिरहेको समेत उल्लेख छ ।

बागमती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्यांकलाई दैनिक रुपमा वेवसाइटमै राख्ने तयारी भइरहेको छ । मन्त्रालयको सचिवको समेत जिम्मेवारी सम्हालीरहेका बागमती प्रदेशको मूख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव यमलाल भुषालको अनुसार माननीय मुख्यमन्त्री र माननीय मन्त्रीज्यूको निर्देशनको आधारमा सुधार अगाडि बढिरहेको र अनुगमन भइरहेको जानकारी दिएको छन् ।


Read Previous

लगानी अभाव र सार्वजनिक निजी साझेदारीकाे कार्यान्वयन

Read Next

सरकारी–निजी साझेदारी अभियान सुरु

Leave a Reply

Your email address will not be published.