

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन असम्भव रहेको बताएकी छन् । संसदको विकास तथा प्रविधि समितिमा बोल्दै उनले उपत्यकामा मोनोरेल सञ्चालन गर्ने अवधारणा नै हटाउनुपर्ने बताइन । ‘काठमाडौ उपत्यकामा मोनोरेल सञ्चालन सम्भव छैन, यो अवधारण नै अब हटाउनुपर्छ’ उनले भनिन् ।
मन्त्री यादवले मोनोरेल मात्र होइन, काठमाडौं उपत्यकामा केबलकार सञ्चालन समेत नहुने बताइन । मानोरेल र केवलकार सञ्चालनबारे लामो समयदेखि छलफल भए पनि अब यसलाई अघि बढाउन नहुने उनको धारणा छ ।
‘मेट्रोरेल सञ्चालन पनि चक्रपथभित्र सम्भव छैन्’ उनले भनिन् । चक्रपथभित्र मेट्रोरेल बनाउँदा धेरै घर भत्किन सक्ने र त्यसको लागि सरकारले मुआब्जा भुक्तानी गर्न नसक्ने अवस्था आउने उनको भनाइ छ । ‘चक्रपथबाहिर भने मेट्रोरेल सञ्चालन गर्न सकिने सम्भावना रहेको छ’ उनले भनिन् ।