Nepal Purbadhar

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

तारा एयरको विमान दुर्घटनास्थलमा १६ जनाको शव भेटियो, पहिचान हुन बाँकी


काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरको टुवीन् अटर नाइनएन-एइटी विमानमा सवार अहिलेसम्म १६ जनाको शव भेटिएको छ । तर, शवको पहिचान हुन बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना रहेका थिए ।

यसअघि फिस्टेल एयरको हेलिकप्टर ‘नाइनएन-एजेआर’ ले मुस्ताङ जिल्लाको थासाङ गाउँ पालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा विमान दुर्घटना भएको स्थान पहिचान गरेको छ । समुद्री सतहबाट १४ हजार ५ सय फिटको उँचाईमा विमान दुर्घटना भएको हो । आज विहान ८ बजेटर १० मिनेट जाँदा हेलिकप्टर दुर्घटना स्थलमा अवतरण गरेको थियो । साथै, हाल उद्धारको कार्य तिव्र रुपमा जारी रहेको छ ।

हिजो (जेठ १५) मा पोखराबाट जोमसोम तर्फ उडेको तारा एयर टुवीन् अटर विमान वेपत्ता भएको जानकारी हुनेवित्तिकै खोजतलास कार्य थालिएको थियो । खोजतलास कार्यलाई स्थल एवं हवाई माध्यमबाट भइरहेको थियो । प्रतिकुल मौसमका बाबजुद खोजी कार्य निरन्तर जारी राखिएकोमा बिहानै दुर्घटना भएको स्थल पहिचान भएको हो ।

खोजी कार्यमा आइतबारदेखि नै नेपाली सेना, एयर डाईनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धार कर्मीहरु संलग्न थिए ।


Read Previous

सिँचाइतर्फ साढे ३३ अर्ब बजेट, कुन आयोजनाले कति पाए ?

Read Next

३० वर्ष पुराना जीर्ण अवस्थाका १४ विद्युतीय पोल नारायणी पुलबाट हटाइयो

Leave a Reply

Your email address will not be published.