Nepal Purbadhar

सोमवार, माघ १६, २०७९
Monday, January 30, 2023

सोमवार, माघ १६, २०७९
Monday, January 30, 2023

सवारी चालक अनुमतिपत्रको नयाँ अनलाइन आवेदन बेलुका ६ बजेदेखि खुला


काठमाडौं । यातायात व्यवस्था विभागले सोमबार (आज) बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाईन आवेदन प्रणाली खुला गर्ने भएको छ । सोमबार एक सूचना निकाली विभागले यो जानकारी दिएको हो ।

यससँगै सवारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि यसअघि (हालसम्म) परेका अनलाईन आवेदनहरु आजदेखि नै रद्द गरेको छ । नयाँ सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि applydi.dotm.gov.np मा लगईन गरी नयाँ आवेदन फाराम भर्न सकिनेछ ।

साथै वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि अर्को हप्ताको सोमबारबाट आवेदन खुला गरिने भएको छ ।


Read Previous

ऊर्जा विकासका लागि ७५ अर्ब १० करोड बजेट विनियोजन, ७१५ मेगावाट विद्युत प्रणालीमा थपिने

Read Next

सिँचाइतर्फ साढे ३३ अर्ब बजेट, कुन आयोजनाले कति पाए ?

Leave a Reply

Your email address will not be published.