Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

आगामी वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड (पूर्ण पाठसहित)


काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जर्नाद्धन शर्माले आइतबार संसदमा बजेट तथा कार्यक्रम घोषणा गर्दै सो बजेट सार्वजनिक गरेका हुन् ।

यो बजेट चालु वर्षको भन्दा १ खर्ब ६१ अर्ब बढी हो । चालु वर्षको बजेट १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख छ ।

कुल बजेटमध्ये चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात २१.२ प्रतिशत बजेट  विनियोजन गरिएको छ ।

यसैगरी वित्तिय व्यवस्थापनतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।

प्रदेश र स्थानीयतर्फ बजेट ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत विनियोजना गरिएको छ । यो चालु वर्षभन्दा ४३ अर्ब बढी हो ।

आगामी बर्षमा १२ खर्ब ४० अर्ब ११ करोड राजस्व संकलनको लक्ष्य राखिएको छ ।  यो चालु वर्षको भन्दा २ खर्ब १६ अर्ब बराबर बढी हो । चालु वर्षमा १० खर्ब २४ अर्ब ९० करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।

यसैगरी वैदेशिक अनुदानतर्फ ५५ अर्ब ४६ करोड व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड रुपैयाँ न्यून हुनेछ । सो न्यून पूर्ति गर्न  वैदेशिक ऋणतर्फ २ खर्ब ४२ अर्ब २६ करोड लिने तथा आन्तरिक ऋणतर्फ २ खर्ब ५६ अर्ब उठाउने घोषणा पनि बजेटमा गरिएको छ ।

बजेट तथा कार्यक्रममार्फत सरकारले आगामी वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य समेत लिएको छ ।

बजेटको पूर्णपाठः बजेट-बक्तव्य-२०७९


Read Previous

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुने, इन्टरनेटको शुल्क घटाइने

Read Next

खानेपानी, पर्यटन, सहरी विकास र सिचाईका २२ अर्ब रुपैयाँका आयोजना प्रदेश र पालिकामा हस्तान्तरण

Leave a Reply

Your email address will not be published.