Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

निर्माण व्यवसायीको धर्ना जारी, केन्द्र, प्रदेश प्रमुखको कार्यालय र अधिकांश जिल्ला प्रशासनमा धर्ना


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलवार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले विहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएको हो । धर्नामा सहभागीहरूले निर्माण सामाग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतका नारा लगाएका थिए ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतलाई समयमा नै अवगत गराइएपनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताए । आन्दोलनको कार्यक्रमअन्र्तगत ७७ जिल्ला संघहरुले आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले आ–आफ्ना प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा (विहान ११ देखि १२) धर्ना दिएका छन् ।

माग पूरा नभए सम्म एक घण्टे धर्ना कार्यक्रम जारी राखिने महासंघका महासचिव रोशन दाहालले बताए । महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभए सम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि (आइतबार) लागु हुने गरी एकतर्फी रुपमा कन्स्ट्रक्शन होलिडे घोषणा गरिसकेको छ ।

कन्स्ट्रक्शन होलिडे को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने महासंघले जनाएको छ । यसैबीच नयाँ बीमा निर्देशिका जारी गर्न सरोकारवाला निकायबीच एक कार्यदल गठन भएकाले कुपण्डोलस्थित विमा समितिको धर्ना कार्यक्रम एक हप्ताका लागि स्थगित गरिएको महासंघले जनाएको छ ।


Read Previous

५ लाख हेक्टर कृषियाेग्य भूमिमा मात्र १२ महिना सिँचाइ

Read Next

संघीय राजधानीदेखि जिल्ला प्रशासन कार्यालयसम्म निर्माण व्यवसायीको धर्ना (फोटो फिचर)

Leave a Reply

Your email address will not be published.