Nepal Purbadhar

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022
बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले पश्चिम सेती अध्ययन अनुमतिपत्रका लागि भारतीय कम्पनीको आवेदन निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन अध्यादेश (यस्ता छन् विद्युत व्यापारका प्रावधानहरु) कोटेश्वर–सूर्यविनायक सडकमा प्राधिकरणले जोड्यो स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक २ अर्ब बढी लगानीमा भरतपुर महानगरकाे ढल व्यवस्थापन गरिने

हस्तकलाका वस्तु निर्यात प्रर्वद्धनका लागि चेम्बर र हस्तकला महासंघले सहकार्य गर्ने


५ वैशाख, काठमाडौं ।
हस्तकलाका वस्तुहरुको निर्यात प्रर्वद्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ । व्यापार घाटा न्यूनीकरण र नेपालको अन्र्तराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामाग्रीले महत्वपुणर् भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रर्वद्धनमा सहकार्य गर्न लागेका हुन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजिकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासंघसंग हातेमालो गरेर अघि बढ्ने बताए ।

महासंघका नवनिर्वाचित कार्य समितिका पदाधिकारीलाई जमलस्थित चम्बर भवनमा सोमबार स्वागत गर्दै अध्यक्ष मल्लले नेपालका हस्तकलाका बस्तुहरुको अन्तराष्ट्रिय प्रर्दशनी एवं मेलामा सहभागिताका लागि आफुले सक्दो पहल गर्ने बताए । ‘चरम व्यापार घाटा न्यूनीकरणका लागि बर्तमानको एउटै विकल्प भनेको हस्तकलाका सामानहरुको अन्र्तराष्ट्रियकरण गरेर निर्यात प्रर्वद्धन गर्नु नै हो’ उनले भने । हस्तकलाका उद्योगले व्यापक मात्रामा रोजगारी सिर्जना गर्नुका साथै सीप, कला कैशलका माध्यमबाट संस्कृतिको संरक्षण र सम्र्वद्धनमा ठूलो सहयोग गर्दैआएको मल्लले बताए ।

अमेरिका, अधिकांश युरोपेली मुलुक, जापान, चीन, भारत, कोरिया लगायत एसियाली मुलुकमा समेत नेपाली हस्तकलाका सामानहरु निर्यात भईरहेको र राज्यबाट सहुलियत प्राप्त हुने हो भने आर्थिक रुपमा धेरै लाभ लिन सकिने बताए । हस्तकलाका सामान निर्यातका क्रममा भन्सार सहजीकरण, व्यवसायीलाई राहत उपलव्ध गराउन तथा अन्य नीतिगत सुधारका लागि आफुले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले आफुहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरुको निर्यातका लागि भन्सार लगायतका ठाउँमा विभिन्न नीतिगत समस्या रहेको सुनाए । निर्यात गर्ने व्यवसायीलाई सरकारले राहतको व्यवस्था गरेपनि वास्तविक व्यवसायीले पाउन नसकेको महासंघको गुनासो छ । निर्यात सहजीकरण गरिदिन शाक्यले नेपाल चेम्बर अफ कमर्ससंग आग्रह गरे । जवाफमा अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाका वस्तुहरुको निर्यात प्रर्वद्धनका लागि आफुले सक्दो पहल गर्ने बताए । आगामी बजेटअघि नै नीतिगत सुधारका लागि सरकारसंग पहल गर्ने चेम्बर र महासंघबीच समझदारी समेत भएको छ ।


Read Previous

ऊर्जामन्त्री भुसालसँग एडिबीका उपाध्यक्षको भेट

Read Next

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न निर्देशिका जारी

Leave a Reply

Your email address will not be published.