
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआइपी कक्षको उद्घाटन भएको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ आन्तरिक टर्मिनल भवनमा भीआइपी कक्ष उद्घाटन भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डले नयाँ भीआईपी कक्षको उद्घाटन गरेका हुन् ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी









