Nepal Purbadhar

सोमवार, मंसिर २४, २०८१
Monday, December 9, 2024

सोमवार, मंसिर २४, २०८१
Monday, December 9, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

महिला उद्यम प्रदर्शनीमा १० लाखको कारोबार


नेपालगञ्ज । नेपालगञ्जमा आयोजित महिला उद्यम प्रदर्शनीमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

महिलाहरूलाई उद्यममा प्रेरित गर्न यही फागुनको ५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । महिला उद्यमी संघ नेपाल बाँकेकी वरिष्ठ उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक सावित्री बस्नेतले महिला उद्यमीहरूले स्थानीय कच्चापदार्थको प्रयोग गरी निर्माण गरेका सामग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको जानकारी दिइन्।

प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान र सुर्खेत जिल्लाका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिएको महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले जानकारी दिइन्।

नेपालगञ्ज उपमहानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा सुरु भएको प्रदर्शनीमा करिब ६० प्रदर्शनी कक्ष राखिएको थियो । महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, सांस्कृतिक पहिचान झल्किने पोसाक, प्लास्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्वारा तयार पारिएको छालाको जुत्ता चप्पल, महिला सहकारीद्वारा सञ्चालित बेसार खेतीको उत्पादन, चाडपर्वमा पाइने र बनाइने नेपाली सांस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आकर्षण रहेको उनको भनाइ छ ।

प्रदर्शनीको अन्तिम दिन सानो पूँजीबाट आफ्नो व्यवसाय सुरु गरेर सफलता हासिल गरेका तीनजना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा नेपालमा अल्लोको प्रवर्द्धनमा महत्वपूर्ण योगदान गरेकी अल्लो धागो तथा तयारी पोसाक उद्योग घोराही दाङकी सञ्चालक प्रेमकुमारी पुन, बुटिक व्यवसायमा सफलता हासिल गरेकी द बज फेसन वेयरकी सञ्चालक सिमिता राणा र स्थानीयस्तरमा जुत्ता उत्पादन गरेर सफलता प्राप्त गरेकी राप्ती शू उद्योगकी सञ्चालक सुराजन मियाँलाई सम्मान गरिएको छ ।


Read Previous

पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

Read Next

पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

Leave a Reply

Your email address will not be published. Required fields are marked *