Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नवीकरण कसरी गर्ने ?


तपाइले जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र लिनुभएकाे छ र त्याे अनुमतिपत्रकाे ताेकिएकाे समयावधी सम्पन्न भएकाे छ भने त्यसलाइ नविकरण गर्नुपर्छ । आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नविकरण गर्न के गर्नुपर्ला वा कसरी र कुन कुन प्रक्रिया हाेला भन्ने दुविधामा हुनुहुन्छ भने याे जानकारी तपाइकाे लागि उपयाेगी हुनेछ ।

आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नवीकरण गर्नकाे लागि ३ वटा तह पार गर्नुपर्छ । त्यस्तै, सर्वेक्षण अनुमतिपत्र संशोधन गर्नुपर्दा पनि त्यसका प्रक्रियाहरू तल उल्लेख गरिएकाे छ ।

१) दरखास्त पेश गर्ने

  • अनुमतिपत्रको म्याद समाप्त हुनु अगावै विद्युत नियमावली, २०५० को अनुसूची ११ मा उल्लेख भए बमोजिमको दस्तुर एवं विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका, २०७५ को अनुसूची १ मा भएको फारमहरू यथार्थपरक रूपमा भरी विभाग समक्ष नविकरणको दरखास्त पेश गर्नु पर्नेछ।

२) प्रगति विवरण पेश गर्ने

  •  विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका, २०७५ को अनुसूची- १ बमोजिम भरिएको फारामहरुमा उल्लेख भएको प्रगति पुष्ट्याई हुने विवरण, प्रतिवेदनहरू एवं आगामी वर्ष गरिने कार्यको कार्यतालिका संलग्न गर्नु पर्नेछ

३) प्रगति विवरण चेक जाँच तथा नवीकरण

  • आयोजनाको प्रगति नपुग रहेको खण्डमा प्रवर्द्धकलाई पन्ध्र दिनको समयावधि दिई नपुग विवरण/प्रतिवेदनहरू माग गरिन्छ र सो समयमा पनि विवरणहरू पेश नभएमा वा पेश भएको विवरण सन्तोषजनक नभएमा पुनः सात दिनको समयावधि दिई विवरणहरू माग गरिन्छ ।

 

  • प्रवर्द्धबाट पेश भएको विवरण/प्रतिवेदनबाट आयोजनाको प्रगति सन्तोषजनक देखिएमा उक्त आयोजनाको सर्वेक्षण अनुमितपत्रको म्याद पाँच वर्ष ननाघ्ने गरी एक वर्षको लागि थप गरिन्छ।

 

  • प्रवर्द्धकबाट पेश भएको आयोजनाको कार्य प्रगति सन्तोषजनक नदेखिएमा त्यस्तो आयोजनाको लागि प्रदान गरिएको अनुमतिपत्र नवीकरण गरिने छैन र अनुमतिपत्र नवीकरण नगर्ने निर्णय गर्नुअघि सम्बन्धित प्रवर्द्धकलाई सफाई पेश गर्न पन्ध्र दिनको समय दिइनेछ ।

 सर्वेक्षण अनुमतिपत्र संशोधन कसरी गर्ने ?

१) दरखास्त पेश गर्ने

  • विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र संशोधनका लागि विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि निर्देशिका, २०७५ को दफा १५ बमोजिम दरखास्त दिनुपर्ने ।

२) कारण खुल्ने प्राविधिक प्रतिवेदन

  • सर्वेक्षणको अनुमतिपत्र प्राप्त प्रवर्द्धकले आयोजनाको क्षमता, संरचना, एलाइनमेन्ट, स्रोत, सर्वेक्षण क्षेत्र, शर्त प्रक्रिया समेतमा थपघट वा संरचना स्थानान्तरण मध्ये कुनै कार्य गर्नका लागि अनुमतिपत्र संशोधन गर्न चाहेमा सोको स्पष्ट कारण खुलाई संशोधन गर्नुपर्ने कारण खुल्ने कागजात तथा विवरण सहित विभागमा निवेदन दिनुपर्ने ।

३) दस्तुर बुझाउने

  • माथि उल्लेख भए बमोजिम अनुमतिपत्र संशोधन गर्दा वृद्धि भई कायम हुन आउने जडित क्षमता विद्युत नियमावली २०५० को अनुसूची-११ मा तोकिएको दस्तुर सीमा भन्दा बढी हुने भएमा बढी हुन आएको क्षमता अनुसारको दस्तुर सर्वेक्षण अनुमतिपत्र जारी भएको मिति देखि नै नपुग हुन आउने दस्तुर बापतको रकम बुझाउनु पर्ने।


Read Previous

अर्थतन्त्रका चुनौतीका बारे सिबिफिन र आईएमएफबीच छलफल

Read Next

चालू वर्ष सुख्खा याममा ९० करोड युनिटसम्म विद्युत आयात हुने

Leave a Reply

Your email address will not be published.