Nepal Purbadhar

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

१० महिनामा भित्रिए करिब ५ लाख पर्यटक


काठमाडौं । पछिल्लो १० महिनाको अवधिमा ४ लाख ७३ हजार ५६३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको जानकारी अनुसार यो अंग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्मको तथ्यांक हो ।

अक्टोबरमा मात्रै ८८ हजार ५८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढी संख्या हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार ५८९ पर्यटक नेपाल भित्रिएका थिए ।

सेप्टेम्बरमा ५८ हजार ३१४, अगष्टमा ४१ हजार ३०४, जुलाईमा ४४ हजार ४६२ र जुनमा ४६ हजार ९७५ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, मेमा ५३ हजार ६०८, मार्चमा ४२ हजार ६, फ्रेब्रुअरीमा १९ हजार ७६६ र जनवरीमा १६ हजार ९७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको संख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।

तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या ८१ प्रतिशतले कमी आइ २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने १ लाख ५० हजार ९६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो ।

पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ मा आएका कूल पर्यटकको संख्यामा ७० देखि ७५ प्रतिशतसम्म ‘रिकभर’ हुने अपेक्षा गरिएको र सोअनुसार पर्यटक आगमन भइरहेको बताए । उनले यही दरमा पर्यटक भित्रिए यो वर्ष छ लाखभन्दा बढी पर्यटक बताए । (रासस)


Read Previous

निर्वाचनको लागि मंसिर १ देखि स्मार्ट लाइसेन्सको अनलाईन आवेदन बन्द

Read Next

तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो

Leave a Reply

Your email address will not be published.