Nepal Purbadhar

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

पहिलो पटक भूमेमा ग्रामीण सडक कालोपत्र हुँदै   


मुसिकोट । रुकुम पूर्वको भूमे गाउँपालिकाको सिसाघारी-सीमा-झुम्लाबाङ-राङ्सी ग्रामीण सडक खण्ड कालोपत्र हुने भएको छ । गाउँपालिकामा धेरै ठाउँमा सडकको ट्र्याक खोलेको भए पनि पहिलो पटक सिसाघारी-सीमा-झुम्लाबाङ-राङ्सी ग्रामीण सडक खण्ड कालोपत्र हुने भएको हो ।

स्थानीय पूर्वाधार विभाग, ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)को आयोजना र एसियाली विकास बैंकको आर्थिक सहयोगमा उक्त सडक कालोपत्रको हुने गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिए ।

सडक मर्मतका लागि सम्पूर्ण काम सकिएर अन्तिम वातावरणीय सार्वजनिक परीक्षण पनि गरिसकिएको र अब छिट्टै ठेक्का प्रक्रियामा लैजाने तयारीमा रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

श्रेष्ठका अनुसार उक्त सडक खण्डमध्ये  अहिले सिसाघारी-सीमा-झुम्लाबाङ ६ किलोमिटर सडक कालोपत्र हुने भएको हो । सडक कालोपत्रे गर्नका लागि  २१ करोड ६० लाख ४१ हजार ६ सय ९४ रुपैयाँ बजेट विनियोजन गरिएको पनि श्रेष्ठले बताए । साथै सडकको चौडाइ पाँच दशमलव २५ मिटरको कालोपत्र हुने पनि उनले जानकारी दिए ।


Read Previous

तनहुँका विश्वकर्माले बनाए बिजुलीबाट चल्ने स्वचालित घन   

Read Next

२ सातापछि जुम्लाको अवरुद्ध विद्युत सेवा सुचारु

Leave a Reply

Your email address will not be published.