Nepal Purbadhar

आइतवार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

आइतवार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु


काठमाडौं । नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकहरुले सावधिक जीवन बिमा योजनाअन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।

यो भन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो । विद्युतिय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने

सरकारी कार्यालय बाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यस अघिनै सुरु गरेको हो ।

शिक्षकहरुले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालय बाहेक अन्य कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ ।

शिक्षकहरुमा पनि अनलाइन कारोबार सुरु भएपछि सहजता मिलेको मदन स्मारक माध्यामिक बिद्यालय ललितपुरका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेलले बताए । उनले यस्तो सेवाबाट कागज रहित कार्यको विकास भएको प्रतिक्रिया दिए ।

कोषको प्रणालीले प्रदान गरेको सबमिसन नंम्वरको आधारमा कट्टी रकम दाखिला गर्ने सुविधा मुलुकभरका सबै क वर्गका बाणिज्य बैंकहरुमा रहेको हुँदा सम्बन्धित कार्यालय, विद्यालयहरुले आ–आफ्नो खाता भएको बैंकमा सम्पर्क राखी यो सुविधा लिन सक्नेछन ।

फाँटवारी पठाउने तरिकाको तालिम कोषले दैनिक रुपमा संचालन गरिरहेको छ ।


Read Previous

‘परियोजना, पूर्वाधार र पर्यटन क्षेत्रलाई दिएको कर्जामा निश्चित अवधीसम्म स्थिर ब्याजदर’

Read Next

पूर्वाधार, पर्यटनलगायत ४ क्षेत्रको कार्यस्थलमा आधारित तालीम संचालन हुने, महासंघले गर्यो संघहरुसँग सम्झौता

Leave a Reply

Your email address will not be published.