Nepal Purbadhar

शुक्रबार, माघ २०, २०७९
Friday, February 3, 2023

शुक्रबार, माघ २०, २०७९
Friday, February 3, 2023

५२ कराेडकाे सत्रसय–अर्चल्यानी सडक स्तरोन्नतीमा स्थानीयको निगरानी आवश्यक : सहरी विकास मन्त्री


लमजुङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा हुन्छ वा हुदैन भन्ने कुराको निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् ।

सत्रसय–दुराडाँडा–अर्चल्यानी सडक स्तरोन्नती कार्यक्रमको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रादेशीक सडकका रुपमा विकास गरिएको यो सडक आज हाम्रो काँधमा आएको छ ।

हामीले यो सडकलाई थप स्तरीय कालोपत्रे गर्ने छौँ’ उनले भने । यो सडक निर्माण सम्पन्न भएपछि स्थानीय जनतालाई ठूलो राहत हुनेछ । स्थानीयले पनि काम समयमा हुन्छ कि हुदैन भनेर निगरानी गर्न उनले आग्रह गरे ।

कुल ५१ करोड ९५ लाख ९३ हजार ९९ रुपैयाँ लागत अनुमान गरिएको यससडकको कुल लम्बाई १५ दशमलव ०२ किलोमिटर रहेको छ । सडकको चौडाइ ७ मिटर (डे«न बाहेक) र कालोपत्रेको चौडाई ५.५ हुनेछ ।

मन्त्री चौधरीले हिजो विकासको नाममा झगडा गर्ने संस्कार भए पनि अब मिलेर विकास गर्ने समय आएकोमा जोड दिए । नेपाल सरकारले सहरी मन्त्रालयले कामको सुरुवात गर्ने र सहजीकरण नगरपालिका र सम्बन्धित वडाले गर्छ । काम समयमा भएको छ कि छैन भनेर स्थानीयले आफ्नो गाउँ आफै बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री चौधरीले तनहुँको व्यास नगरपालिका मानुङ्गमा निर्मित पर्यटकीय मार्गको उद्घाटन समेत गरेका छन् । यस सडकको कुल लागत ७ करोड ३ लाख १३ हजार ३८९ रुपैयाँ रहेको छ भने सडकको लम्बाई ४ दशमलव ६ किलोमिटर रहेको छ ।

सहरी मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सडक विकासका लागि नियमित बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाए । त्यसैगरि सहरी विभागका उपमहानिर्देशक नारायण भण्डारीले सडक विस्तार सँगै जनताको आय आर्जन बढ्ने धारणा राखे ।

संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख सुरोज पौडेलले सडकको विकासले माछापुच्छे, अन्नपूर्ण, मनास्लु जस्ता थुप्रै हिमश्रृंखला हेर्ने पर्यटकको आइरो लाग्ने बताए । त्यसका साथै उनले ग्रामिण भेगमा होमस्टे देखि लिएर आर्थिक तथा सामाजिक रुपान्तरण हुने धारणा राखे ।

कार्यक्रममा सुन्दर नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, उपमेयर भवानी केसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी लगायतले मन्तव्य राखेका थिए ।


Read Previous

पहिराेले लघुजलविद्युत्काे कुलो बगाएपछि बाग्लुङका ३ सय ५० परिवार बिजुलीविहीन

Read Next

नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडाैंमा शुरू

Leave a Reply

Your email address will not be published.